+
+

सुदूरपश्चिम र लुम्बिनीको खेल हेर्न टियू मैदानमा दर्शक भरिभराउ (तस्वीरहरू)

उत्कृष्ट लयमा रहेको सुदूरपश्चिमले लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्ने भएपछि बिहानै दर्शक भरिभराउ भएका छन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८१ मंसिर २२ गते १०:२६

२२ मंसिर, काठमाडौं । काठमाडौं टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच खेल भइरहेको छ ।

खेल हेर्न क्रिकेट स्टेडियममा दर्शक भरिभराउ छन् । शनिबार सार्वजनिक बिदा भएकाले पनि अन्य दिनभन्दा आज दर्शकको संख्या धेरै छ । दर्शकहरु आआफ्नो पक्षका टिमको समर्थनमा चर्को हुटिङसहित समर्थन गरिरहेका छन् ।

यो खेल राष्ट्रिय टिमका कप्तान रोहित पौडेल र टाइगर उपनाम पाएका दीपेन्द्र सिंह ऐरी बीचको भिडन्त पनि हुनेछ । दीपेन्द्रको कप्तानीमा सुदूरपश्चिमले सुरुवाती दुवै खेल जितेर शानदार सुरुवात गरेको थियो । उता रोहितको लुम्बिनीले भने सुरुवाती दुवै खेलमा हार व्यहोरेको थियो ।

सुदूरपश्चिम लगातार तेस्रो जित निकाल्दै जनकपुरलाई अंकतालिकामा भेट्टाउने लक्ष्यमा छ भने लुम्बिनी पहिलो जितको लक्ष्यमा छ । शुक्रबारको दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटले पराजित भएको लुम्बिनीले २४ घण्टा नबित्दै अर्को खेल खेल्नुपर्ने अवस्था छ ।

अब लगातार खेल रहेकोले लुम्बिनीलाई जित्नका लागि ठूलो दबाब छ । पहिलो खेलमा लुम्बिनी विराटनगर किंग्ससँग २ विकेटले पराजित भएको थियो । ब्याटिङ राम्रो भएपनि बलिङ कमजोर हुँदा लुम्बिनीलाई स्कोर डिफेण्ड गर्न कठिन भएको छ ।

उता सुदूरपश्चिम रोएल्सले भने ब्याटिङ र बलिङ दुवैमा राम्रो प्रदर्शन गरिरहेको छ । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किंग्सलाई ९० रनले तथा दोस्रो खेलमा काठमान्डु गुर्खाजलाई ७३ रनले पराजित गरेको थियो ।

 

एनपीएल
लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?