विष्णुप्रसाद पौडेल/फाइल तस्वीर
२६ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहकारी र लघुवित्तसँग सम्बन्धित समस्या समाधान उन्मुख रहेको बताएका छन् ।
प्रतिनिधिसभा अर्थ समितिमा बुधबार अर्थमन्त्री पौडेलले सहकारी नियमनका लागि दोस्रो तहको नियमनकारी निकाय बनाउने सम्बन्धमा निष्कर्षमा पुगिसकेको बताए ।
विगतमा सहकारीलाई स्वनियमनमा छाड्दा बढी समस्या देखिएको उनको भनाइ छ ।
‘स्वनियमनको मान्यता भयो, त्यसमै जोड दिएर काम गरियो, यसले समस्या निम्तियो,’ उनले भने, ‘अब एउटा नियमन गर्ने मेकानिज्म चाहिन्छ भन्ने कुरामा स्वयं सहकारीहरू समेत सहमत भएको अवस्था छ । यसले छिट्टै मूर्तरूप लिनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4