 
																			२ पुस, काठमाडौं । डेढ लाख रुपैयाँसहित जुवातास खेलेको आरोपमा १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कागेश्वरी मनोहरा नगरपालिका–४ डाँछी नयाँगाउँस्थित खाली जग्गामा जुवा (ओखर) खेलिरहेको अवस्थामा सोही नगरपालिका–४ डाँछी बस्ने ३३ वर्षीय हस्तबहादुर तामाङ समेत १७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६५ हजार ४ सय रूपैयाँ र १९ दाना ओखर सहित पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूविरुद्ध जुवातास खेल्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
 
                









 
                                     
                                 
                             
                                 
             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4