+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बारामा कारभित्र मृत भेटिएका व्यक्ति सिमरा विमानस्थलका सुरक्षा गार्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ७ गते १६:४२

७ पुस, जनकपुरधाम । बारामा कारभित्र मृत भेटिएका व्यक्ति सिमरा विमानस्थल कार्यालयका सुरक्षा गार्ड राजकुमार रुम्बा रहेको खुलेको छ।

शनिबार बिहान बाराको जीतपुर सिमरा उपमहानगरपालिका ११ स्थित बागमती ०१–०२८–च– ७६१६ नम्बरको कारभित्र ४७ वर्षीय रुम्बा मृत अवस्थामा फेला परेका थिए ।

उक्त कार सिमरा एयरपोर्टमा कार्यरत राष्ट्रिय अनुसन्धानका प्रहरी निरीक्षक श्रीकान्त तिवारीको रहेको प्रहरीले जनाएको छ। उनी गाडी मागेर बाहिर निस्केका थिए ।

मृतक रुम्बाको टाउकोमा केही वस्तुले प्रहार गरिएको चोट देखिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक चिरञ्जीवी दहालले बताए ।

रुम्बाको हत्या भएको प्रहरीको अनुमान छ । रुम्बाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ ।

पोस्टमार्टम रिपोर्ट आएपछि मात्र केही भन्न सकिने र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?