+

छालारोग विशेषज्ञ डा. भुसालले पाए अन्तर्राष्ट्रिय पुरस्कार

२०८१ पुष  ८ गते १३:०१ २०८१ पुष ८ गते १३:०१
छालारोग विशेषज्ञ डा. भुसालले पाए अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौं । छाला तथा यौनरोग विशेषज्ञ डा. मोहन भुसाल डर्म लिंक ग्रान्ट अवार्डबाट सम्मानित भएका छन् । उनलाई डिसेम्बरमा अन्तर्राष्ट्रिय डर्माटोलोजिकल सोसाइटिज (आईएलडीएस) र इन्टरनेसनल फाउन्डेसन अफ डर्माटोलोजी (आईएफडी)ले सो अवार्डले सम्मान गरेको हो ।

सो प्रतिष्ठित अवार्ड हरेक वर्ष विश्वभरका १५ उत्कृष्ट परियोजनाहरूलाई प्रदान गरिन्छ । जसमा यस वर्ष डा. भुसालको परियोजना छनोट भएको हो । डा. भुसालले परियोजनाका लागि पाँच हजार अमेरिकी डलर रकम प्राप्त गरेका छन् ।

प्राप्त नगद पुरस्कारले नेपालमा स्टेरोइड तथा अन्य छालासम्बन्धी औषधिको चरम दुरुपयोग र त्यसले छाला स्वास्थ्यमा पार्ने नकारात्मक असरबारे जनचेतना फैलाउन सामुदायिक पहलका लागि प्रयोग गर्ने भएका छन् ।

उनको सो परियोजनाले नेपालमा छाला रोगसम्बन्धी सेवा र सचेतानामा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

डर्म लिंक ग्रान्ट अवार्ड डा. मोहन भुसाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय