 
																			१६ पुस, काठमाडौं । नेकपा एमालेबाट कारबाहीमा परेका नेता डा. भीम रावलले आफू पार्टी खोल्नबाट नडराएको दाबी गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत् उनले यस्तो बताएका हुन् ।
‘आज यहाँ पार्टी घोषणा हुन्छ होला भन्ने सुनिएको थियो, किन डराउनुभएको ?,’ भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा उनले भने, ‘डराएको होइन । अहिलेको मातृभूमि जागरण अभियान, भविष्यको सशक्त देशभक्तिपूर्ण संगठनको आधार हुनेछ ।’
उनले पत्रकार सम्मेलनमार्फत मातृभूमि जागरण अभियान सञ्चालन गरी देश र जनताको हक र हितका लागि सबै देशभक्त इमानदार शक्ति, व्यक्ति र समुदायलाई एकताबद्ध गर्नुपर्ने रावलले बताएका छन् ।
उनले त्यसबारे थप प्रष्ट पार्दै भने, ‘जनताको बीचमा गइसकेपछि म यस्तो संकलपको साथ किन अघि बढेँ भन्ने प्रष्ट पार्न खोजेको हुँ ।’
उनले आफू डराएर भन्दा पनि देशभरका व्यक्तिको माहोल बुझेर पार्टीको विधि विधान बनाएर मात्रै पार्टी निर्माण प्रक्रियामा अघि बढ्ने उनले बताए ।
 
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4