९ माघ, काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी जय नेपाल कप टी-२० अन्तर विश्वविद्यालय क्रिकेट प्रतियोगितमा मध्यपश्चिम विश्वविद्यालयले विशाल जित निकालेको छ। मध्यपश्चिमले काठमाडौं विश्वविद्यालयलाई १३४ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
मध्यपश्चिमले दिएको १९३ रनको लक्ष्य पछ्याएको काठमाडौं १४.२ ओभरमा ५८ रनमा समेटिएको थियो । दिवस सुवेदीले सर्वाधिक ३१ रन बनाउँदा ओपनर इशान पाण्डेले १० रन बनाए । मध्यपश्चिमका विपिन खत्रीले ४ ओभरमा ८ रन मात्र दिएर ५ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको मध्यपश्चिमले ९ विकेटको क्षतिमा १९२ रन जोडेको थियो । राजकुमार साहले सर्वमधिक ६२ रन बनाए भने सुवास भण्डारीले ३९ रन बनाए। काठमाडौंका सुप्रिम बस्नेतले ३ विकेट लिँदा रिषभ खतिवडाले २ विकेट लिए ।
आजै भएको अर्को खेलमा भारतको बिहार विश्वविद्यालयले नेपालको पूर्वाञ्चल विश्वविद्यालयलाई १७८ रनको फराकिलो अन्तरले पराजित गर्यो। बिहारले दिएको २१३ रनको लक्ष्य पछ्याएको पूर्वाञ्चल ११.४ ओभरमा ३४ रनमै अलआउट भयो।
पूर्वाञ्चलका कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । बिहारका रोहन कुमारले ४ विकेट लिँदा विशाल राजले ३ विकेट लिए।
 
                    










 २०८१ माघ  ९ गते २१:५९
                        २०८१ माघ  ९ गते २१:५९                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4