३ फागुन, काठमाडौं । तेस्रो सिजनको नेपाल सुपर लिग (एनएसएल) फुटबलका लागि झापा एफसीले एक खेलाडी रिटेन गरेको छ ।
झापाले बी क्याटेगोरीका खेलाडी प्रशान्त लक्षमलाई रिटेन गरेको हो । झापा एफसीले सामाजिक सञ्जाल फेसबुकमा प्रशान्तलाई रिटेन गरेको जनाएको छ ।
यसअघि ललितपुर सिटी एफसीले सनिश श्रेष्ठ र आदित्य शाक्यलाई रिटेन गरेको थियो ।
तेस्रो संस्करणको एनएसएल फुटबल आगामी चैतमा हुँदैछ । सात टिमले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतिक्रिया 4