+

एफसी चितवनले गर्‍यो छिरिङ गुरुङलाई रिटेन

२०८१ फागुन  ८ गते २१:३३ २०८१ फागुन ८ गते २१:३३
एफसी चितवनले गर्‍यो छिरिङ गुरुङलाई रिटेन

८ फागुन, काठमाडौं । नेपाल सुपर लिग एनएसएल को तेस्रो संस्करणका लागि एफसी चितवनले छिरिङ गुरुङलाई रिटेन गरेको छ । चितवनले बिहीबार सामाजिक सञ्जालमार्फत छिरिङलाई रिटेन गरेको जनाएको हो ।

यसअघि बुधबार चितवनले गोलरक्षक तथा अघिल्लो सिजन मार्की रहेका खेलाडी विशाल श्रेष्ठलाई रिटेन गरेको थियो । त्यसअघि अन्जन विष्टलाई मार्की खेलाडीको रूपमा घोषणा गरेिसकेको छ ।

अघिल्लो संस्करणको एनएसएलमा चितवन ९ टिममध्ये पुछारमा रहेर लिग टुंग्याएको थियो । चितवनले एक खेलमा मात्र जित निकालेको थियो ।

एनएसएलको तेस्रो संस्करण आउँदो चैतमा हुँदैछ । खेलाडी अक्सन यही शनिबार हुँदै छ ।

एफसी चितवन छिरिङ गुरुङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय