 
																			१५ फागुन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले इजरायलका राजदूत मार्फत नेपालमा लगानी गर्न इजरायली लगानीकर्तालाई आग्रह गरेका छन् ।
नेपालका लागि इजरायली राजदूत स्मुलिक आरी बाससँग बिहीबार महासंघ सचिवालयमा भएको भेटवार्तामा अध्यक्ष ढकालले यस्तो आग्रह गरेका हुन् ।
भेटमा दुई देशबीच आपसी सम्बन्ध सुधार, आर्थिक विकास तथा व्यापार प्रवर्द्धनका विषयमा छलफल भएको थियो ।
नेपालको कृषि क्षेत्रको विकास एवं नेपाली युवालाई रोजगारी प्रदान गर्ने विषयमा इजरायलले लामो समयदेखि सहयोग गर्दै आएको उल्लेख गर्दै अध्यक्ष ढकालले यो सम्बन्ध थप प्रभावकारी बनाउने गरी सहकार्य गर्न राजदूत बाससमक्ष आग्रह गरे ।
इजरायली राजदूत बासले नेपाल र इजरायलबीच लामो सम्बन्ध रहँदै आएको चर्चा गर्दै आफ्नो कार्यकालमा नेपालको आर्थिक तथा सामाजिक विकासमा सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
राजदूत बासले महासंघसँग सहकार्यका लागि आफू सधैं सकारात्मक रहेको र आगामी दिनमा आपसी सहकार्र्र्य थप प्रभावकारी बनाइने धारणा राखेका थिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4