+

चीनबाट ५० विद्युतीय एम्बुलेन्स आउँदै, कान्ति बाल अस्पतालको भवन पुनर्निमाण गर्न स्वीकृति

२०८१ फागुन  २८ गते १८:२८ २०८१ फागुन २८ गते १८:२८
चीनबाट ५० विद्युतीय एम्बुलेन्स आउँदै, कान्ति बाल अस्पतालको भवन पुनर्निमाण गर्न स्वीकृति

२८ फागुन । काठामाडौं । चीनले नेपाललाई ५० वटा विद्युतीय एम्बुलेन्स अनुदानका रुपमा दिने भएको छ । एम्बुलेन्सका रुपमा प्रयोग गर्ने गरी चीन सरकारले दिने विद्युतीय गाडी ल्याउन मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राखेको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चीनबाट ५० वटा विद्युतीय एम्बुलेन्स ल्याउन स्वीकृति दिएको हो । सोमबार भएको मन्त्रिपरिषद् बैठकको निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार सार्वजनिक गरेको हुन् ।

मन्त्री सुब्बाका अनुसार कान्ति बाल अस्तपालको भवन पुनर्निमाण गर्नका लागि प्रक्रिया अगाडि बढाउन पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।

शहरी विकास मन्त्रालयले राखेको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले भवन पुनर्निमाणका लागि खरिद प्रक्रिया अगाडि बढाउन स्वीकृति दिएको हो ।

 

एम्बुलेन्स नेपाल-चीन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय