+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

पार्टी बैठकमा रविले भने- सरकारले फेरि प्रहार गर्नसक्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १८ गते १८:१६

१८ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने वर्तमान गठबन्धनले आफ्नो पार्टीमाथि फेरि अर्को प्रहार गर्नसक्ने बताएका छन् ।

सोमबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले पार्टीमाथि हुनसक्ने प्रहारबाट बच्न अहिलेको पार्टी संरचना अझै सवल र सशक्त हुन आवश्यक भएको जिकिर गरे ।

‘यो गठबन्धनले अब अर्को प्रहार गर्न सक्छ । तसर्थ अहिलेको पार्टी संरचना अझै सबल र सशक्त हुन आवश्यक छ,’ सभापति लामिछानेले बैठकमा राखेको भनाइ उद्धृत गर्दै कार्यबाहक प्रवक्ता मनिष झाले भनेका छन्, ‘अब पार्टीको संरचनामा काम गरौँ ।’

सरकारले सबै शक्ति आफ्नो पार्टीको प्रहारमा प्रयोग गरिरहेको पनि बताए ।

उनले गणतन्त्र जनताको तन्त्र भएकाले आफ्नो पार्टीले पनि सोही झन्डा बोक्ने जिकिर गरेका छन् ।

‘गणतन्त्र भनेको ओलीतन्त्र र देउवातन्त्र हैन,’ सभापति लामिछानेले भनेका छन्, ‘गणतन्त्र भनेको जनताको तन्त्र हो र त्यो झन्डा हामीले बोक्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?