+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

तीनकुने प्रदर्शनमा ज्यान गुमाएका सविनको पोस्टमार्टम हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १९ गते १४:५०

१९, काठमाडौं । गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा मृत्यु भएका कीर्तिपुरका सविन महर्जनको पोस्टमार्टम प्रक्रिया अगाडि बढेको छ ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका अनुसार महर्जनको पोस्टमार्टम केही बेरमा सुरु हुनेछ ।

‘महर्जनको पोस्टमार्टम केही बेरमै सुरु गर्न लागेका छौं,’ फोरिन्सक विभाग स्रोतले अनलाइनखबरसँग भन्यो, ‘साँझसम्ममा पोस्टमार्टम रिर्पोटसहित परिवारलाई शव जिम्मा लगाउँछौं ।’

रिर्पोटिङको क्रममा आगोलले जलेर मृत्यु भएका फोटा पत्रकार सुरेश रजक भने पोस्टमार्टम गर्न केही दिन लाग्ने छ ।

स्रोतका अनुसार अस्पतालमा एक्सरे मेसिन उपकरण बिग्रिएको कारणले रजतको पोस्टमार्टम गर्न ढिलाइ भएको हो ।

‘शरीर पूरै जलेको भएकाले एक्सरे गरेर पनि हेर्नुपर्ने हुन्छ,’ स्रोतले भन्यो, ‘केही दिनमा उपकरण मर्मत गरेर रजकको पोस्टमार्टम गर्छौं ।’

गत १५ गतेको प्रदर्शनका क्रममा उनको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?