२८ चैत, काठमाडौं । पेस बलर नन्दन यादवले नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यू गरेको पहिलो खेलमै विकेट प्राप्त गरेका छन् ।
हङकङमा आजदेखि सुरु भएको टी-२०आई प्रतियोगितामा कतारसँगको खेलमा डेब्यू गरेका उनले आफ्नो चौथो औभरको अन्तिम बलमा विकेट निकालेका हुन् ।
जारी खेलमा नेपालले टस जितेर पहिले कतारलाई ब्याटिङको निम्तो दिएको छ ।
नन्दन यसअघि एकदिवसीय टिममा परेपनि डेब्यू भने गर्न बाँकी छ । टी२०आई टोलीमा परेको पहिलो खेलमै नन्दनले डेब्यूको मौका पाएका हुन् ।
यस प्रतियोगितामा हङकङ, नेपाल, कतार र कुवेत सहभागी छन् ।
 
                    










 २०८१ चैत  २७ गते ८:१२
                        २०८१ चैत  २७ गते ८:१२                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4