२७ चैत, काठमाडौं । काठमाडौंमा जारी युथ ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले अफगानिस्तान यु-१९ टोलीलाई मध्यम लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४.१ ओभरमा अलआउट भएर १९१ रन बनायो ।
नेपालका लागि साहिल पटेलले ४६ तथा निरज यादवले ४२ रन बनाए । पहिलो विकेटका लागि ८३ रनको साझेदारी गरेको भएपनि त्यसपछि निरन्तर विकेट गुमाउँदा नेपाल ५० ओभर टिक्न सकेन । कप्तान नरेन भट्टले २२ रन मात्र बनाउन सके ।
अफगानिस्तानका हाफिज जाद्रानले चार विकेट लिए भने अब्दुल अजिज र जैतुल्लह साहिनले २-२ विकेट लिए ।
तीन खेलको शृङ्खलामा नेपाल २-० ले पछाडि परिसकेको छ ।
 
                    










 २०८१ चैत  २७ गते १२:५६
                        २०८१ चैत  २७ गते १२:५६                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4