+

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको ११औं शिखर सम्मेलनका चैत २८ गतेदेखि ३० गतेसम्म

२०८१ चैत  २७ गते १५:३३ २०८१ चैत २७ गते १५:३३
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको ११औं शिखर सम्मेलनका चैत २८ गतेदेखि ३० गतेसम्म

२७, चैत, काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको ११औं शिखर सम्मेलन आयोजना गर्ने भएको छ । यही चैत २८ गतेदेखि ३० गतेसम्म काठमाडौंको सोल्टी होटलमा सम्मेलन आयोजना हुने परिषद्का सदस्य सचिव डा.प्रमोद जोशीले जानकारी दिए ।

परिषद्को स्थापनाको ३४ वर्ष प्रवेश गरेको अवसरमा गतवर्ष जस्तै यसवर्ष पनि सम्मेलन आयोजना गर्न लागिएको सदस्य सचिव जोशीले बताए । ११औं शिखर सम्मेलनबारे जानकारी दिन परिषद्ले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।

डा.जोशीका अनुसार चैत २८ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सम्मेलको उद्घाटन गर्नेछिन् ।

स्वास्थ्य र जनसंख्याका क्षेत्रमा भएका अनुसन्धानलाई प्रवर्द्धन गर्नु सम्मेलनको मूल उद्देश्य रहेको सदस्य सचिव डा.जोशी बताए । साथै प्रमाणमा आधारित निर्णय प्रक्रियालाई सुदृढ गर्नु, वैज्ञानिक अनुसन्धानकर्ता तथा नीति निर्माताहरू बीच समवन्य र सहकार्यलाई थप मजबुत बनाउनु पनि यस सम्मेलनको मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।

डा.जोशीका अनुुसार यस वर्षको सम्मेलन जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न भएका र हुनसक्ने सम्भावित चुनौतीको विषयमा केन्द्रित हुनेछ । स्वास्थ्य प्रणालीको उत्थानशिलता र स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता जस्ता विषय पनि सम्मेलनमा समेटिनेछ ।

यसका साथै स्वास्थ्य बीमा कार्यक्रम, दक्ष स्वास्थ्यकर्मी र विज्ञहरूको पलायन, जनसंख्याको परिवर्तनसँग सम्बन्धित विविध पक्षहरूबारे छलफल हुनेछ । मानसिक रोग, सर्ने तथा नसर्ने रोगहरु र अनुसन्धान नियमन जस्ता स्वास्थ्य क्षेत्रका जल्दाबल्दा विषयमा केन्द्रीत भएर छलफल र प्रस्तुतिकरण गरिने डा.जोशीले बताए ।

सम्मेलनमा भारत, चीन, बेलायत, स्विजरल्यान्ड, जर्मनी, अमेरिकालगायत देशका विज्ञहरूको भौतिक तथा भर्चुअल माध्यमबाट सहभागी हुनेछन् ।

सम्मेलनमा प्रस्तुतीका लागि ८७ वटा मौखिक र ११५ वटा पोस्टर प्र्रस्तुतिकरण छनोट भएको परिषद्ले जानकारी दिएको छ ।

परिष्दका अनुसार पहिलो दिन उद्घाटनपछि मुख्य सत्रहरु र समानान्तर सत्रहरू सञ्चालन हुनेछन । दोस्रो दिन, दुईटा प्यानल डिस्कसन तथा समानान्तर सत्रहरू सञ्चालन हुनेछन्।
प्राविधिक सत्र समाप्त भएपछि सांस्कृतिक कार्यक्रम गरी दोस्रो दिनको सम्मेलन हुनेछ ।

तेस्रो दिन एउटा मुख्य र तीनवटा समानान्तर सत्रहरू सञ्चालन हुनेछन ।

कार्यक्रममा विभिन्न १४ विधाहरुमा उत्कृष्ट व्यक्तिहरूलाई पुरस्कारसमेत दिइने परिषद्ले जनाएको छ । तीन दिनसम्म चल्ने सम्मेलनमा नेपालका करिब १००० र अन्तर्राष्ट्रिय सहभागी १०० भन्दा बढी उपस्थित हुने आँकलन गरिएको छ ।

स्वास्थ्य सम्मेलन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

न्यूयोर्कमा रहेका  स्वास्थ्य मन्त्री पौडेलले गरे माल्दिभ्सका विद्यार्थीलाई नेपालमा पीजी पढाउन वार्ता

न्यूयोर्कमा रहेका स्वास्थ्य मन्त्री पौडेलले गरे माल्दिभ्सका विद्यार्थीलाई नेपालमा पीजी पढाउन वार्ता

भोक लागेपछि खानु उचित कि भोक लाग्नुअघि ?

भोक लागेपछि खानु उचित कि भोक लाग्नुअघि ?

तल्लो पेट दुखिरहने र महिनावारी गडबड हुने समस्या के हो ?

तल्लो पेट दुखिरहने र महिनावारी गडबड हुने समस्या के हो ?

मान्छे जति धनी हुँदै गए, उत्तिनै रोगी पनि

मान्छे जति धनी हुँदै गए, उत्तिनै रोगी पनि

टुथपेस्टमा फ्लोराइड, खासमा यो के हो ? दाँतका लागि किन जरुरी ?

टुथपेस्टमा फ्लोराइड, खासमा यो के हो ? दाँतका लागि किन जरुरी ?

लामो समय एकै ठाउँ बसेर काम गर्नुहुन्छ ? थाहा पाउनुपर्छ यी ४ कुरा

लामो समय एकै ठाउँ बसेर काम गर्नुहुन्छ ? थाहा पाउनुपर्छ यी ४ कुरा