२८ चैत, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमुन्डमाथि फराकिलो जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।
गएराति भएको खेलमा बार्सिलोनाले डर्टमुन्डलाई ४–० गोलअन्तरले हराएको हो ।
घरेलु मैदान क्याम्प नोउ भएको खेलमा बार्सिलोनाले खेलभर दबदबा कायम राख्दै डर्टमुन्डलाई कुनै मौका दिएन।
खेलको २५औं मिनेटमा ब्राजिलियन फरवार्ड राफिन्हाले पहिलो गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। दोस्रो हाफ सुरु भए लगत्तै ४८औं मिनेटमा रोबर्ट लेवान्डोव्स्कीले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारे।
उनले खेलको ६६औं मिनेटमा व्यक्तिगत दोस्रो र टोलीको तेस्रो गोल गरे । युवा स्टार लामियन यामालले ७७औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ४–० को शानदार जित दिलाए।
यो जितसँगै बार्सिलोना सेमिफाइनल नजिक पुगेको छ। दोस्रो लेग अब डर्टमुन्डको घरेलु मैदानमा हुनेछ, जहाँ डर्टमुन्डलाई सेमिफाइनल पुग्नका लागि चमत्कारी प्रदर्शन आवश्यक पर्नेछ ।
गएराति नै भएको अर्को खेलमा पीएसजीले एस्टन भिल्लालाई ३–१ ले हराएको छ । पीएसजीले घरेलु मैदानमा एक गोलले पछि परेको स्थिती उल्टाउँदै पुनरागमन जित हात पारेको हो । मोर्गन रोजर्सले २७औं मिनेटमा गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए । तर डिजायर डोउएले ३९औं मिनेटमा गोल गर्दै पीएसजीलाई पहिलो हाफमै खेलमा फर्काए ।
केभिचा काभारात्स्खेलियाले ४९औं मिनेटमा गोल गरेपछि पीएसजीले २-१ को अग्रता लियो । नुनो मेन्डेजले इन्जुरी टाइममा गोल गर्दै पीएसजीको जित पक्का गरे ।
 
                    










 २०८१ चैत  २८ गते ७:५२
                        २०८१ चैत  २८ गते ७:५२                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4