+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares
बक्सअफिसमा :

५१ दिनसम्म ‘होस्टेल ३’ले कति कमायो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १५ गते १३:२१

काठमाडौं । ‘होस्टेल ३’ले सोमबार प्रदर्शनको ५१ दिन पुरा गरेको छ । देशका केही प्रमुख मल्टिप्लेक्समा फिल्मले यो उपलब्धि हासिल गरेको हो । न्यूरोडको रञ्जना हलमा आयोजित समारोहमा फिल्मका कलाकार र निर्माताले खुसी साटे ।

प्रदर्शनको ५१ दिनसम्म सशान कँडेल ‘सन्तोष’ निर्देशित फिल्मले सरकारको आधिकारिक बक्सअफिसमा ४ करोड १० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । २०८१ सालमा सर्वाधिक कमाउने फिल्मको सूचीको १३ औं स्थानमा यो फिल्म छ ।

नयाँ निर्देशक र कलाकारलाई लिएर बनाइएको यो फिल्मले केही सातासम्म उत्कृष्ट कमाइ गरेको थियो । टिकटक र टेलिभिजन रियालिटी शोको पृष्ठभूमिबाट उदाएका नयाँपुस्ताका कलाकारलाई लिएर बनाइएको यो फिल्ममार्फत कुल ब्वाय ‘पारस बम’, रिहान गिरी, सिम्रन पन्त, आशिष घिमिरे चर्चामा आए ।

यो फिल्मको तेस्रो श्रृंखला बनाउने चर्चा पनि छ । यद्यपि, यसबारे निर्माताले आधिकारिक पुष्टि गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?