 
															१५ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराई र भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता भएको छ ।
भारतीय जनता पार्टीका वरिष्ठ नेतासमेत रहेका सिंहसँग सोमबार भारतीय रक्षा मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको डा. भट्टराईको सचिवालयले सामाजिक सञ्जालमार्फत जनाएको छ ।
सचिवालयले भनेको छ, ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्दै विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा लैजाने विषयमा सकारात्मक संवाद भएकोछ । साथै, डा. भट्टराईद्वारा हालै जम्मु–कश्मिरको पहलगाममा सर्वसाधारणमाथि भएको आतंकवादी हमलाको घोर निन्दा गर्दै गहिरो दुःख व्यक्त गर्नुभएको छ ।’
डा. भट्टराई प्रगतिशील नेपाली समाज समिति भारतको अधिवेशन उद्घाटन समारोहमा अतिथिको रूपमा सहभागी हुन शनिबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका थिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4