+

स्थानीय तहमा स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्ट आन्दोलनमा

२०८२ वैशाख  १८ गते १४:३१ २०८२ वैशाख १८ गते १४:३१
स्थानीय तहमा स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्ट आन्दोलनमा

१८ वैशाख, काठमाडौं । प्रत्येक स्थानीय तहमा एक जना फर्मासिस्टको अनिर्वाय स्थायी दरबन्दी हुनुपर्ने माग गर्दै फर्मासिस्टहरू प्रदशर्नमा उत्रिएका छन् । ११ बुँदे माग राख्दै स्वतन्त्र युवा फार्मेसी समूह (फर्मासिस्ट, सहायक फर्मासिस्ट, फार्मेसी अध्ययनरत विद्यार्थी) हरू बिहीबार माइतीघर मण्डलामा आन्दोलनमा उत्रिएका हुन् ।

प्रत्येक वडाका स्वास्थ्य संस्थामा फार्मेसी सहायकको स्थायी दरबन्दी हुनुपर्ने उनीहरूको माग छ । ‘स्थानीय तहलले राखेका करारका जनशक्ति हटाई लोकसेवा आयोगले विज्ञापन खुलाएर सक्षम जनशक्ति राख्नुपर्छ भन्ने हाम्रो माग हो,’ फर्मासिस्ट सुनिल गौतमले भने, ‘ फर्मासिस्ट र सहायक फर्मासिस्टको पारिश्रमिक स्वास्थ्य सेवा अन्तर्गतको सातौं र पाँचौ तह बराबरको हुनुपर्छ ।’

त्यसैगरी खाध्यपूरक सामग्रीहरूको गुणस्तरमा कडाइ गरी अनावश्यक विक्रि वितरणमा रोक लगाउनुपर्ने माग पनि फर्मासिस्टहरूको छ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडका औषधि सम्पूर्ण अस्पताल र विभागमा राख्नुपर्ने माग अगाडि सारेका छन् ।

संघीयता प्रारुप अनुसार औषधि व्यवस्था विभाग र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला सातै प्रदेशमा स्थापना हुनुपर्ने फर्मासिस्टको माग छ ।

फर्मासिस्ट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय