+
+
Shares

दुबईमा पर्यटन बोर्डको नेपाल प्रवर्द्धन

मेलामा पर्यटन बोर्डले ब्रोसर, यात्रा गाइड र परम्परागत नेपाली हस्तकला सामग्री वितरण गरी नेपालको पर्यटकीय विविधता र अनुभव प्रवर्द्धन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १९ गते १४:३५

१९ वैशाख, काठमाडौं । नेपाल पर्यटन बोर्डले युनाइटेड अरब इमिरेट्सको दुबईमा आयोजित ‘अरेबियन ट्राभल मार्केट (एटीएम) २०२५’ मा नेपालको प्रवर्द्धन गरेको छ ।

कार्यक्रममा नेपालका पर्यटन गन्तव्य र सम्भावना प्रदर्शन गरिएको हो । अप्रिल २८ देखि मे १ सम्म दुबई वर्ल्ड ट्रेड सेन्टरमा आयोजित अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपालले साहसिक पर्यटन, सांस्कृतिक सम्पदा तथा विलासितापूर्ण पर्यटन क्षेत्रका सम्भावनालाई प्राथमिकता साथ प्रवर्द्धन गरिएको बोर्डले जनाएको छ ।

मेलामा पर्यटन बोर्डले ब्रोसर, यात्रा गाइड र परम्परागत नेपाली हस्तकला सामग्री वितरण गरी नेपालको पर्यटकीय विविधता र अनुभव प्रवर्द्धन गरेको छ ।

एटीएम जस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय मेलाले नेपाललाई विश्वव्यापी पर्यटन बजारमा हिमाली सौन्दर्य, समृद्ध सांस्कृतिक विरासत तथा साहसिक र वातावरणमैत्री पर्यटन अवसर प्रस्तुत गर्ने महत्त्वपूर्ण प्लेटफर्म उपलब्ध गराएको बोर्डले जनाएको छ ।

पर्यटन बोर्डसँगै निजी क्षेत्रका १२ ट्राभल तथा पर्यटन कम्पनी एटीएम–२०२५ मा सहभागी थिए । सहभागी संस्थामा नमस्ते टुरिज्म एन्ड होलिडेज, कोरा टुर्स, द हिमालय ट्रेकिङ, गो नेपाल ट्राभल, नेपाल बिग माउन्टेन ट्राभल, एक्सपिडिसन हिमालय डटकम, यस यात्रा टुर्स, ड्रागन होलिडेज, इन्क्रेडिबल माउन्टेन्स, द एभरेस्ट होटल, सुमेघ टुर्स एन्ड ट्राभल्स र चन्द्रागिरी हिल्स लिमिटेड थिए ।

निजी क्षेत्रको सक्रिय सहभागिताले नेपालको पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय उपस्थितिलाई थप मजबुत बनाएको बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?