+
+
Shares

आईएमई लाइफ इन्स्योरेन्सको नाफा १० प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते ९:०३

२१ वैशाख, काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरणअनुसार कम्पनीको नाफा १० प्रतिशत बढेको छ । चालु आवमा तेस्रो त्रैमाससम्म कम्पनीले ३६ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ३३ करोड १५ लाख रुपैयाँ थियो ।

खुद प्रिमियम आम्दानी बढ्दा नाफामा टेवा पुगेको छ । यस्तो आम्दानी पहिले ३ अर्ब ११ करोड रुपैयाँ रहेकोमा अहिले ३ अर्ब ६० करोड छ । नाफा बढे पनि प्रतिसेयर आम्दानी घटेको छ ।

कम्पनीले २५ प्रतिशत बोनस सेयर जारी गरेर चुक्ता पूँजी ५ अर्ब पुर्‍याएपछि प्रतिसेयर आम्दानी घटेको हो । वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ रहेकोमा अहिले ९ रुपैयाँ ७७ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ६७ पैसा छ । गत साता बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता ४५२ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?