+
+
Shares

सिलिगुडीमा ‘जार’को प्रिमियर, प्रशंसकले घेरिए अनुपविक्रम

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते १५:२९

सिलिगुडी । सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापा स्टारर फिल्म ‘जार’लाई भारतको सिलिगुडीमा पनि प्रिमियर गरिएको छ । यसैसाताको सुरुमा सिक्किमको बज्र हलमा पनि प्रिमियर भएको थियो ।

शनिबार आयोजित सिलिगुडी प्रिमियरमा अभिनेता अनुपविक्रम शाही आकर्षणको केन्द्रमा रहे । उनी स्थानीय दर्शक र फ्यानबाट घेरिए । ‘हिमालय रोडिज’को जजको रुपमा पनि अनुप उक्त क्षेत्रमा चर्चित छन् ।

सिलिगुडीस्थित सिटी सेन्टरको पीभीआर आइनक्स हलमा आयोजित समारोहमा विभिन्न क्षेत्रका व्यक्ति सहभागी रहे । अभिनेता शाहीले नेपाली फिल्मलाई माया दिने भारतबासीलाई धन्यवाद दिँदै यो प्रकारको माया निरन्तर पाउने अपेक्षा राखे ।

फिल्ममेकर अनमोल गुरुङले ‘जार’ नेपाली फिल्म क्षेत्रको लागि नयाँ प्रयोग बनेको बताए । एक प्रतिभावान निर्देशक नेपाली फिल्म उद्योगले पाएको भन्दै उनले निर्देशक फुर्वाछिरिङ लामाको प्रशंसा गरे ।

निर्देशकीय पाटोसँगै अभिनय, छायांकन, सम्पादन र ब्याकग्राउण्ड स्कोरलाई दर्शकले रुचाएको जनाइएको छ । यो फिल्म नेपाली समाजको दस्तावेज बनेको दर्शकको प्रतिक्रिया थियो । यो फिल्म नेपालमा बैशाख २६ गतेदेखि प्रदर्शन तयारीमा छ ।

फिल्मलाई अखिलेश राईले सम्पादन गरेका छन् । कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । होप रिल्स, एलए सेभेन सट्र्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा फिल्म बनेको हो । साहित्यकार ईन्द्रबहादुर राईको प्रसिद्ध कथामाथि यो फिल्म आधारित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?