+
+
Shares

रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि निर्घात कुटपिट, प्रहरीले थाल्यो अनुसन्धान

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २२ गते १२:२०

२२ वैशाख, काठमाडौं । रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रमा एक व्यक्तिमाथि अमानवीय तरिकाले निर्घात कुटपिट भएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडिओमा एक व्यक्तिमाथि निर्घात कुटपिट भएको देखिन्छ । ती व्यक्तिको पैतलामा सतो पाइप जस्तो देखिने वस्तुले कुटपिट भएको भिडिओमा देखिन्छ ।

तीन जनाले एक व्यक्तिलाई लडाएर समाउँछन् भने अर्का एक व्यक्तिले पैतलामा लट्ठीले कुटपिट गरेको देखिन्छ । ४१ सेकेन्ड लामो भिडिओमा कुटपिटबाट व्यक्ति कराएको आवाज नसुनिओस् भन्ने हिसाबले पृष्ठभूमिमा संगीत बजाएको बजाएको सुनिन्छ ।

उक्त भिडिओ गौरमा एक व्यक्तिले सञ्चालन गरेको सुधार केन्द्र रहेको खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपक कुमार रायले बताए । ‘भिडिओ हाम्रो जानकारीमा आएसँगै यसबारे अनुसन्धान अघि बढाएका छौं,’ डीएसपी रायले अनलाइनखबरसँग भने ।

रायका अनुसार यसका सञ्चालकलाई समेत बोलाएर अनुसन्धान सुरु गरिएको छ । यो सुधार केन्द्रका सञ्चालकलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर घटनाबारे अनुसन्धान अघि बढाइएको उनले बताए ।

अनुसन्धानपछि भिडिओको वास्तविकता पत्ता लाग्ने र त्यसपछि कारबाही प्रक्रिया अघि बढ्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?