+
+
Shares

भारदारकालदेखि नै नेपालमा राजनीतिक अस्थिरता छ : सूर्य थापा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २२ गते १२:३३

२२ वैशाख, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेपा एमालेका सांसद सुर्य थापाले नेपालको इतिहाससँग राजनीतिक अस्थिरताको इतिहास पनि जोडिँदै आएको बताएका छन् ।

प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै उनले राजनीतिक अस्थिरता नेपालको ऐतिहासिक समस्याको रुपमा रहँदै आएको बताएका हुन् ।

२००७ साल पछि हालसम्म ३/४ वटा सरकारले मात्रै साढे तीन वर्ष वा तीन वर्ष समयाअवधि काम गर्न पाएको उनले बताए । अन्यथा सरकार बदलिरहेको उनको भनाइ छ ।

सांसद थापा भन्छन्, ‘वि.स. १८२५ मा काठमाडौं एकीकरण भए यताको २५७ वर्षमा न भारदार काल न राणाकाल, न राजतन्त्र काल न प्रजातन्त्रकाल, लोकतन्त्र काल न गणतन्त्र काल कुनैमा पन स्थिरताको अनुभूति हुने खालको अवस्था रहेन ।’

सँधै अस्थिरताको अनुभवको बानी अहिले पनि छचल्किने गरेको उनले बताए । अस्थिरताकै कारण पञ्चायत आएको र पञ्चायत ढलेपछि पनि स्थिरता प्राप्त गर्न नसकेको बताए ।

संख्यात्मक हिसावले हाल मुलुकमा सरकार बलियो रहेको थापाको भनाइ थियो । तर, सरकार ढाल्ने प्रयास भइराखेको भनेर नेताहरूले भनिरहेको पनि स्मरण गरे ।

अघिल्लो सरकारले पाकिस्तानी मोडेलमा अस्थिरता निम्त्याउन खोजेको उनले आरोप लगाए । अर्कोतर्फ वंशको आधारमा शासन गर्न चाहनेहरूले पनि अस्थिरता चाहिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?