+
+
Shares

देउवाको प्रतिबद्धताः नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन दिइनेछैन

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २२ गते १६:५६

२२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रम देउवाले नेपाल एक चीन नीतिमा स्पष्ट रहेको दोहोर्‍याएका हुन् । ‘नेपालको भूमि चीनको खिलाफमा प्रयोग हुन दिन्नौं,’ उनले भने ।

सभापति देउवाले चीनले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, सांस्कृतिक, जलवायु परिवर्तन एवं वातावरणीय सहकार्य लगायतका क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गरे ।

उनले भने, ‘मलाई विश्वास छ, चीनले आगामी दिनमा नेपालको विकासमा थप सहयोग गर्ने नै छ । आजको यस फोटो प्रदर्शनीले चीनसँगको सम्बन्धलाई थप मजबुत बनाउँदै दुवै मुलुकको सम्बन्धलाई थप उचाईमा लैजाने विश्वास लिएको छु ।’

दुई मुलुकबीच समानता, पारस्परिक हित, शान्तिपूर्ण सहअस्तित्व कायम रहेको उनले बताए ।

देउवाले भने, ‘दुई देश बीचको सांस्कृतिक, शैक्षिक सम्बन्धलाई पनि प्रगाढ बनाउनुका साथै दुई देशको जनताबीच आपसी सहकार्यको भावना थप बलियो बनाउनेछ । नेपालको राजनीतिक पोलिसी र चाइना पोलिसी नेपालले लिएको छ । मित्रराष्ट्र चीनको खिलाफमा नेपालको भूमि प्रयोग हुन दिइने छैन भन्ने विश्वास म दिलाउन चाहन्छु ।’

सभापति देउवाले परापूर्वकालदेखि नै नेपाल र चीनबीचको मित्रताको सम्बन्ध अटल र अमर रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?