
काठमाडौं । ग्लोबल आईएमई बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ ।
यो गेटवे सुचारुपछि बैंकका मर्चेन्टहरूले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकबाट जारी भएको भिसा तथा मास्टर कार्डमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
बैंकले नेपालमा ई–कमर्स कारोबार प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको जनाएको छ ।
ग्लोबल पेमेन्ट गेटवेले बैंकका मर्चेन्टहरूलाई आफ्नो व्यवसायको दायरा विस्तार गरी देश–विदेशबाट सहज रूपमा भुक्तानी लिन सक्नेछन् । यो गेटवेको सुरुवातपछि ई–कमर्स कारोबार गर्ने जस्तै ट्राभल तथा टुर एजेन्सी, होटल, एयरलाइन्स, हस्पिटल लगायत व्यवसाय लाभान्वित हुनेछन् ।
ग्लोबल पेमेन्ट गेटवेले राष्ट्रिय र अन्तर्राष्ट्रिय भुक्तानी प्राप्तिका लागि सहज बनाउने भएकाले बैंकका मर्चेन्टहरूको व्यवसायलाई वृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ ।
साथै, यस पेमेन्ट गेटवेमा थ्रीडी सेक्योर्ड प्रविधि प्रयोग हुने भएकाले यस गेटवे मार्फत हुने कारोबार थप सुरक्षित हुनेछ ।
यसरी बैंकले आफ्ना ग्राहक सुविधा मध्यनजर गरी बैंकले यस्ता किसिमका समय सान्दर्भिक योजना ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको छ ।
प्रतिक्रिया 4