+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

मार्सी चामल व्यापकै चर्चित छ, मैले पनि चाखेको छु : प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले भने, ‘कर्णाली, जुम्लाको मार्सी चामल । मैले पनि कर्णालीको मार्सी चामल चाखेको कुरा यहाँहरूलाई जानकारी नै छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते १४:०८
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

२८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा कर्णालीको मार्सी चामलको चर्चा गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन रोस्ट्रममा पुगेका प्रधानमन्त्री ओलीले मार्सी चामलको चर्चा गरेका हुन् ।

उनले आफूले पनि मार्सी चामल खाएको र त्यसले चर्चा पाएको पनि बताए ।

‘चन्दननाथमा एयरपोर्ट नै छ । अगाडिदेखि त्यहाँ सन्त चन्दनाथले मार्सी चामल ल्याएर अहिले मार्सी चामल व्यापकै रुपमा चर्चित पनि छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कर्णाली, जुम्लाको मार्सी चामल । मैले पनि कर्णालीको मार्सी चामल चाखेको कुरा यहाँहरूलाई जानकारी नै छ ।’

प्रधानमन्त्री ओलीले मार्सीबारे संसद्‌मा आफ्ना कुरा राख्दैगर्दा हाँसाको फोहोरा छुटेको थियो ।

एमाले र माओवादीले पार्टी एकीकरण गर्ने बेलामा प्रधानमन्त्री ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विवादित व्यवसायी दुर्गा प्रसाईंसँगै बसेर मार्सी चामलको भात खाएको तस्वीर बाहिरिएको थियो ।
उक्त तस्वीरबारे अहिले पनि बेला बेलामा चर्चा हुने गरेको छ ।

त्यस्तै, उनले कर्णालीमा केही भएको छैन भन्नु ठिक नभएको जिकिर गरे ।

‘आज कर्णाली कसैलाई मन लागेर केही पनि भएको छैन भन्नु बेग्लै कुरा हो । म दर्जनौं कुरा यहीँबाट ठूला ठूला कुरा भन्न सक्छु,’ प्रधानमन्त्री ओलीले भने, ‘र, कर्णालीमा यार्सागुम्बा मात्रै होइन, गुछि च्याउजस्ता, ताप्लेजुङदेखि हुम्लासम्म गुछि च्याउ पाइन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?