+
+
Shares

शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब बचतमा

अघिल्लो आव सोही अवधिमा शोधनान्तर स्थित ३ खर्ब ६५ अर्ब १६ करोडले बचतमा थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते १८:३९

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना (साउन–चैत) सम्मको शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँको बचतमा रहेको छ।
  • अमेरिकी डलरमा शोधनान्तर स्थिति २ अर्ब ५५ करोडको बचतमा रहेको छ भने गत वर्ष सोही अवधिमा २ अर्ब ७५ करोडको बचत थियो।
  • यस अवधिमा प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब ९६ करोड रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा बढी हो।

२८ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना (साउन–चैत) सम्म शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले बचतमा रहेको छ ।

मुलुकबाट बाहिरिने रकमको तुलनामा भित्रिने रकम धेरै हुँदा शोधनान्तर स्थिति बचतमा जान्छ । अघिल्लो आव सोही अवधिमा शोधनान्तर स्थित ३ खर्ब ६५ अर्ब १६ करोडले बचतमा थियो ।

अमेरिकी डलरमा शोधनान्तर स्थिति २ अर्ब ५५ करोडले बचतमा छ । अघिल्लो वर्ष सोही अवधिमा २ अर्ब ७५ करोडले बचतमा थियो ।

यस वर्ष ९ महिनामा चालु खाता २ खर्ब १० अर्ब २२ करोड रुपैयाँले बचतमा छ । गत आव यो अवधिमा चालु खाता १ खर्ब ७९ अर्ब ८३ करोड रुपैयाँले बचतमा थियो ।

अमेरिकी डलरमा १ अर्ब ५५ करोडले बचतमा छ । अघिल्लो वर्ष १ खर्ब ३५ करोड डलरले बचतमा रहेको तथ्यांक छ । यस अवधिमा खुद पूँजीगत ट्रान्सफर ७ अर्ब ७१ करोड छ ।

अघिल्लो वर्ष यस्तो खुद ट्रान्सफर ४ अर्ब ७८ करोड थियो । यस अवधिमा प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब ९६ करोड भित्रिएको छ । अघिल्लो वर्ष यस्तो लगानी ६ अर्ब ४९ करोड थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?