+

भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई स्थापना

२०८२ वैशाख  २८ गते १७:५६ २०८२ वैशाख २८ गते १७:५६
भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई स्थापना

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बालक्यान्सरको उपचारका लागि भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई स्थापना गरिएको छ।
  • यस नयाँ एकाईमा आईसीयू, डे केयर र साधारण शय्या सहितको सेवा सुविधा थपिएको छ।
  • मन्त्री पौडेलले अस्पतालको सेवा विस्तार र स्तरोन्नतिका लागि प्राथमिकता दिएका छन् र स्वदेशमै उपचारको वातावरण बनाउन काम गरिरहेको बताएका छन्।

२८ वैशाख, काठमाडौं । क्यान्सर पीडित बालबालिकाको विशेष उपचारका लागि भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई स्थापना गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आइतबार एकाईको उद्घाटन गरेका छन् ।

बाल क्यान्सरको नि:शुल्क उपचारका लागि तोकिएको ३ अस्पतालमा भक्तपुर क्यान्सर अस्पताल एक रहेको छ । नि:शुल्क उपचारको निर्णय कार्यान्वयनका लागि बेग्लै सघन उपचार कक्ष स्थापना गर्ने कार्य अगाडि बढाइएको थियो ।

थपिएको एकाईमा आइसीयू ४, डे केयरका ४ तथा साधारण ७ शय्या रहने निमित्त कार्यकारी निर्देशक डा. उज्वल चालिसेले जानकारी दिए ।

अस्पतालमा सेवा विस्तार तथा स्तरोन्नतिका लागि मन्त्री पौडेलले प्राथमिकता दिएर योजना अघि बढाइरहेको उनको सचिवालयले जनाएको छ ।

सेवा शुरुवात गर्दै मन्त्री पौडेलले भक्तपुर क्यान्सर अस्पताललाई उपचारमा नमूना बनाउँदै विदेश उपचारका लागि जाने संख्या घटाइने लक्ष्य बताए । ‘अहिले पनि भारतमा विभिन्न उपचारका लागि जानेको संख्या उच्च छ,’ मन्त्री पौडेलले भने, ‘अस्पतालमा थप सुविधा बढाएर बिरामीले स्वदेशमै सुपथ उपचार पाउने वातावरण तयार पारिनेछ ।’

मन्त्री पौडेलले बाल क्यान्सर उपचार निःशुल्क गराउँदा राज्यलाई थप भार नपर्ने गरी विभिन्न किसिमका उपचार सेवा सुधार तथा विस्तार भइरहेको बताए । ‘हामीसँग आर्थिक अभाव भएको कुरा सत्य हो,’ उनले भने, ‘यसलाई मध्यनजर गर्दै अधिकतम श्रोतको उपयोग गरेर नागरिकलाई सुविधा प्रदान गरेका छौं ।’

मन्त्री पौडेलले क्यान्सर उपचारलाई सहज र सुपथ बनाउन यथासम्भव काम गरिने बताए । यसपाली आउने बजेटमा समेत क्यान्सर नियन्त्रणलाई प्राथमिकतामा राखेको उनले जानकारी दिए ।

बाल उचपार भक्तपुर क्यान्सर अस्पताल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय