+
+
Shares

‘भ्वाइस’ विजेता प्रोसेसलाई जन्मथलोमा बाजागाजासहित स्वागत (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २९ गते १२:५४

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • प्रोसेस पाण्डेलाई उनको जन्मथलो धादिङमा भव्य रुपमा स्वागत गरिएको थियो।
  • उनको जितले उनको गाउँ र जिल्लालाई गर्व महसुस भएको छ र विभिन्न व्यक्तिहरुले उनलाई बधाइ दिएका छन्।
  • प्रोसेसले ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि जितेका थिए र यसले उनको गाउँ र देशको नाम उजागर गरेको छ।

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ का विजेता प्रोसेस पाण्डेलाई जन्मथलोमा भव्य स्वागत गरिएको छ । स्थानीयले बाजागाजा र फूलमालाले स्वागत गर्दै बधाइ दिए ।

उनको जन्मथलो धादिङस्थित गजुरी गाउँपालिका-१ मा रहेको उनले अध्ययन गरेको स्कुल आदर्श माविमा औपचारिक कार्यक्रम आयोजना गरिएको थियो ।

आयोजित समारोहमा प्रमुख अतिथि थिए- बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जमकट्टेल । प्रोसेसले जिल्लालाई चिनाउने काम गरेको भन्दै उनको जितमा आफूले गर्व महसुस गरेको उनले बताए ।

गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले पनि प्रोसेसलाई बधाइ दिए । गाउँपालिकाको शीर उँचो बनाउने काममा प्रोसेसले योगदान दिएको भन्दै उनी खुसी देखिए । हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले प्रोसेसको जितमा आफूले पनि गर्व महसुस गरेको बताए ।

कोच खेम सेन्चुरीले पनि जितको खुसी साटेका थिए । प्रोसेस र कोच खेमलाई स्वागत र सम्मान गरिएको थियो । गतसाता आयोजित छैटौं सिजनको फिनालेमा प्रोसेसले उपाधि जितेका थिए ।

तस्वीर : गोपीकृष्ण चापागाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?