+
+
Shares

फेरि सञ्चालनमा आए नेवानिका दुवै ट्विनअटर

निगमका यी जहाज लामो समय थन्किँदा दुर्गम भेगका उडान ठप्प थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते १८:१५
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल वायुसेवा निगमले आफ्ना दुई ट्विनअटर जहाजहरू सञ्चालनमा ल्याएको छ ।
  • यी जहाजहरूलाई मर्मत र नयाँ इन्जिन जडान गरी पुनः सञ्चालनमा ल्याइएको हो ।
  • निगमका यी जहाज लामो समय थन्किँदा दुर्गम भेगका उडान ठप्प थिए । जसले गर्दा निगमको आलोचना भइरहेको थियो ।

३० वैशाख, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले आफ्ना दुवै ट्विनअटर जहाज सञ्चालनमा आएको जनाएको छ ।

निगमको दर्ता नम्बर ‘९एन–एबीटी’ ट्विनअटर जहाज नेपाल नागरिक उड्डयन प्राधिकरण र निर्माता कम्पनीको मापदण्ड अनुसार नियमित वार्षिक मर्मत सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो ।

यो जहाजमा अब दुई नयाँ इन्जिन जडान गरिएको समेत निगमले उल्लेख गरेको छ । यो जहाज सोमबारदेखि नियमित सञ्चालनमा आएको हो ।

त्यस्तै निगमको दर्ता नम्बर ‘९एन–एबीयू’ ट्विनअटर जहाज समेत अहिले पूर्ण सञ्चालनमा रहेको निगमले जनाएको छ । निगमका यी जहाज लामो समय थन्किँदा दुर्गम भेगका उडान ठप्प थिए । जसले गर्दा निगमको आलोचना भइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?