
News Summary
Generated by OK AI. Editorially reviewed.- जनकपुरधाममा पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ।
- सार्वजनिक पोखरीमा नुहाउने क्रममा रविनलाल कर्ण डुबेका थिए र उनको खोजी सशस्त्र प्रहरीको टोलीले रातिदेखि नै गरेको थियो।
- घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
३१ वैशाख, जनकपुरधाम । जनकपुरमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका-४ का ४५ वर्षीय रविनलाल कर्ण छन् ।
मंगलबार सवा ४ बजेतिर जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजार छेउमा रहेको सार्वजनिक पोखरीमा नुहाउन पसेका उनी डुबेर बेपत्ता भएका थिए ।
सशस्त्र प्रहरीको गोताखोर टोलीले रातिदेखि नै उनको खोजी गरेको थियो । तर, आज बुधबार मात्र उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जीवकुमार यादवले जानकारी दिए ।
उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4