+
+
Shares

गाली-बेइज्जती कसुरमा पत्रकार खेम भण्डारीलाई १ महिना कैदको फैसला

कन्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको बिहीबारको इजलासले मानसखण्ड दैनिकका सम्पादक भण्डारीलाई दोषी ठहर गर्दै कैदको फैसला सुनाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते १९:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कन्चनपुरको अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद र जरिवाना तोकेको छ।
  • निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा समाचार लेख्ने क्रममा तथ्यहीन आरोप लगाएको भन्दै भण्डारीलाई दोषी ठहर गरिएको हो।
  • निर्मला पन्तको मृत्युको घटनामा संलग्न आरोपितहरू अझै पहिचान हुन सकेका छैनन् र यो मुद्दा अझै अनुत्तरित छ।

१ जेठ, काठमाडौं । कन्चनपुरकी बालिका निर्मला पन्त बलात्कार–हत्या प्रकरणका विषयमा गाली बेइज्जतीको मुद्दा खेपेका पत्रकार खेम भण्डारीलाई कन्चनपुर जिल्ला अदालतले दोषी ठहर गरेको छ ।

कन्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको बिहीबारको इजलासले मानसखण्ड दैनिकका सम्पादक भण्डारीलाई दोषी ठहर गर्दै कैदको फैसला सुनाएको हो ।

कन्चनपुर जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले पत्रकार भण्डारीलाई गाली बेइज्जतीको कसुरमा १ महिना कैदको फैसला भएको अनलाइनखबरलाई बताए ।

उनका अनुसार पत्रकार भण्डारीलाई १ महिना कैदका साथै १० हजार जरिवाना र १ लाख क्षतिपूर्ति तिराउने फैसला भएको छ ।

निर्मला पन्त प्रकरणमा तथ्यहीन रूपमा आफूलाई जोड्दै समाचार लेखेको भन्दै कन्चनपुरका तत्कालीन एसपी दिल्लीराज बिष्ट (हाल एसएसपीबाट अवकाश)का छोरा किरण बिष्टले उनी विरुद्ध मुद्दा दायर गरेका थिए ।

१० साउन २०७५ मा साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमदत्त नगरपालिकाकै निम्बुखेडा खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन् । यो प्रकरणका आरोपी अहिलेसम्म पहिचान हुनसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?