+
+
Shares

वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट 

रासस रासस
२०८२ जेठ ३ गते ११:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल र कतारबीच दीर्घकालीन रणनीतिक साझेदारी गर्न सकिने सम्भावना रहेको छ।
  • मन्त्री शाहीले नेपालले कतारलाई हात्ती उपहार दिन प्रक्रिया अघि बढाउने बताएका छन्।
  • दुवै देशबीच जलवायु परिवर्तन र दिगोपनसम्बन्धी विषयमा छलफल भएको थियो।

३ जेठ, काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपाल भ्रमणमा रहेका कतारकव विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूत बदर उमर स्माइल अल दफाले भेटवार्ता गरेका छन् ।

सगरमाथा संवाद स्थलमा शनिबार  भएको भेटमा उनीहरुबीच दुई देशबीचका आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटका अवसरमा मन्त्री शाहीले दुई देशबीच वन तथा वातावरण, प्रविधि हस्तान्तरण, प्रदूषण नियन्त्रण र नवप्रवर्तन क्षेत्रमा दीर्घकालीन रणनीतिक साझेदारी गर्न सकिने उल्लेख गरेका थिए ।

साथै नेपालले कतार सरकारलाई उपहारस्वरुप उपलब्ध गराइने भनिएको एक जोडी हात्ती प्रदान गर्नका लागि प्रक्रिया अघि बढाउन एक महिनाभित्र पत्राचार गरिने मन्त्री शाहीको भनाइ थियो ।

मन्त्री शाहीको प्रस्तावप्रति विशेष दूत दफाले आभार व्यक्त गरेका थिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?