+

फुटबलर रेखा नगद सहित सम्मानित

२०८२ जेठ  ३ गते २०:५९ २०८२ जेठ ३ गते २०:५९
फुटबलर रेखा नगद सहित सम्मानित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रेखा पौडेललाई अबुधाबीको नेपाली क्लब नखील गुर्खा एफसीले नगद सहित सम्मान गरेको छ।
  • उनी हाल युएई महिला फुटबल लिग खेल्दै छन् र राष्ट्रिय टोलीमा उत्कृष्ट प्रदर्शनका लागि सम्मानित भएकी हुन्।
  • क्लब र नेपाली समुदायबीचको मैत्रीपूर्ण खेलपछि यो सम्मान प्रदान गरिएको हो।

३ जेठ, काठमाडौं । अबुधाबीमा व्यवशायिक फुटबल खेलिरहेकी राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य रेखा पौडेललाई अबुधाबी स्थित नेपाली समुदाय क्लब नखील गुर्खा एफसीले शुक्रबार नगद सहित सम्मान गरेको छ ।

रेखा आबद्ध अबुधाबी कन्ट्री क्लब र नेपाली समुदायका नखली गुर्खा एफसी बीच शुक्रबार भएको मैत्रीपूर्ण खेल पश्चात क्लबले रेखालाई सम्मान गरेको हो । पछिल्लो समय

राष्ट्रिय टोलीमा उनको उक्तृष्ट प्रदर्शनको कदर गर्दै र उनलाई थप हौसला प्रदान गर्न क्लबले उनलाई सो अवसर पारी सम्मान गरेको जनाएको छ ।

रेखा हाल युएई महिला फुटबल लिग खेल्दै छिन् । युएईमा रहेका नेपालीहरुले सञ्चालन गरेको नखील गुर्खा एफसीमा सहिद स्मारक ‘ए ‘ डिभिजन लिग खेलिसकेका तीर्थ राना मगर, शरण बस्नेत, निरकुमार राई लगायतका खेलाडीहरू आबद्ध छन् ।

रेखा पौडेल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय