+

बी डिभिजन लिगमा झापा र मध्यपुर विजयी

२०८२ जेठ  ४ गते १८:३२ २०८२ जेठ ४ गते १८:३२
बी डिभिजन लिगमा झापा र मध्यपुर विजयी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शहीद स्मारक बी डिभिजन लिगमा झापा फुटबल क्लब र मध्यपुर युथ एसोसिएसन विजयी भएका छन्।
  • झापाले टुसाल युथ क्लबलाई २-० ले पराजित गरी चौथो स्थानमा उक्लिएको छ।
  • मध्यपुरले बाँसबारी युथ क्लबलाई १-० ले हरायो र रेलिगेसनबाट जोगिएको छ।

४ जेठ, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगमा आइतबार भएको खेलमा झापा फुटबल क्लब र मध्यपुर युथ एसोसिएसन विजयी भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा झापाले टुसाल युथ क्लबलाई २-० ले पराजित गरेको हो ।

झापाका लागि दुवै गोल प्रदिप बुढाथोकीले गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर प्रदिपले ५९औं मिनेटमा गोल गर्दै झापालाई अग्रता दिलाए । उनले इन्जुरी टाइमको सातौं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जित पक्का गरे ।

जितपछि झापा १२ खेलबाट १८ अंक जोडेर चौथो स्थानमा उक्लेको छ । पराजित टुसाल १२ खेलबाट ११ अंकसहित १३औं स्थानमा छ र रेलिगेसन जोनमै छ । लिगमा अब एक खेल खेल्न बाँकी रहेको टुसाललाई यो हारले रेलिगेसनबाट जोगिन चुनौती थपिएको छ ।

यस्तै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मध्यपुरले बाँसबारी युथ क्लबलाई १-० ले हरायो ।

मध्यपुरका लागि साहिल केसीले ६५औं मिनेटमा विजयी गोल गरे ।

जितपछि मध्यपुर १२ खेलबाट १५ अंक जोडेर आठौं स्थानमा उक्लेको छ र रेलिगेसनबाट जोगिएको छ । अर्को खेलमा टुसाल झापा फुटबल क्लबसँग पराजित भएपछि जितले मध्यपुर बी डिभिजनमै रहने पक्का भएको छ ।

यस्तै पराजित बाँसबारीको पनि १२ खेलबाट १५ अंक नै छ र नवौँ स्थानमा छ ।

बी डिभिजन लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय