+

अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा भ्याली पब्लिकलाई दोहोरो उपाधि

२०८२ जेठ  ४ गते २०:५० २०८२ जेठ ४ गते २०:५०
अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा भ्याली पब्लिकलाई दोहोरो उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भ्याली पब्लिकले आठौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा जुनियर ब्वाइज र सिनियर गल्र्स दुवैमा च्याम्पियन बने।
  • भ्याली पब्लिकले जुनियर ब्वाइज फाइनलमा न्युटनलाई ३५–३० ले पराजित गरी र सिनियर गल्र्समा ग्रिनल्यान्डलाई ३६–२० ले हरायो।
  • आर्यन गुरुङ र लोरिशा गौचन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए र साहिद पुन र बिहानी राई उत्कृष्ट स्कोरर भए।

४ जेठ, काठमाडौं । भ्याली पब्लिकले आठौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो उपाधि जितेको छ । भ्याली पब्लिक जुनियर ब्वाइज र सिनियर गल्र्स दुवैमा च्याम्पियन बन्यो ।

बसुन्धरास्थित आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को कोर्टमा भएको जुनियर ब्वाइज फाइनलमा भ्याली पब्लिकले न्युटनलाई ३५–३० ले पराजित ग¥यो । भ्याली पब्लिकका आर्यन गुरुङले १२ स्कोर गरे । लालीगुराँस नेसनल एकेडेमी तेस्रो भयो ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले ग्रिनल्यान्डलाई ३६–२० ले हरायो । भ्याली पब्लिककी लोरिशा गौचनले १२ अंक जोडिन् । फेरिल्यान्ड तेस्रो भयो ।

जुनियर ब्वाइजमा रियान शेरचन र सिनियर गल्र्समा लोरिशा गौचन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवै भ्याली पब्लिकका हुन् । जुनियर ब्वाइजमा लालीगुराँसका साहिद पुन र सिनियर गल्र्समा फेरिल्यान्डकी रेणुका तामाङ सर्वाधिक स्कोरकर्ता बने ।

जुनियर ब्वाइजमा न्युटनका आशिष पुन र सिनियर गल्र्समा ग्रिनल्यान्डकी बिहानी राई उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । जुनियर गल्र्समा क्यान्भास बसन्त ऋतु तथा सियिनर गल्र्समा केभीकेएसएस उदीयमान टिम ठहरिए ।

वैशाख ३० गतेदेखि सुरु भएको प्रतियोगिताको जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ टिमले प्रतिस्पर्धा गरेको बीएनएका बास्केटबल प्रशिक्षक नारायण खवासले जनाएका छन् ।

अन्तरविद्यालय बास्केटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय