 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- सार्वजनिक लेखा समितिको बैठकमा सभापति ऋषिकेश पोखरेल र सांसद अमनलाल मोदीबीच भनाभन भएको हो।
- प्रतिपक्षीले उठाएका विषय सभापतिले रोक्न खोजेको आरोप सदस्य मोदीले लगाएका छन्।
- सार्वजनिक लेखा समितिले उजुरी छानबिन गर्न गठन भएका उपसमितिहरूको म्याद एक महिना थप गरेको छ ।
८ जेठ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा सभापति ऋषिकेश पोखरेल र समिति सदस्य अमनलाल मोदीबीच भनाभन भएको छ ।
सिंहदरबारस्थित समितिको कार्यकक्षमा बिहीबार बसेको बैठकमा बोल्न समय माग्दा सभापतिले रोकेकाले भनाभन भएको माओवादी सांसद मोदीले बताए ।
‘संसदीय समितिमा प्रतिपक्षीले सार्वजनिक सरोकारका विषय उठान गर्न खोज्दा सभापति रोक्नु दुर्भाग्यपूर्ण हो,’ उनले भने । सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षी दलले पाउनुपर्छ भन्दा सभापतिले पेल्न खोजेको उनको भनाइ छ ।
सांसद मोदीले बोल्दै गर्दा सभापति पोखरेलले युट्युबर ल्याएर धारणा राख्ने गरेको आरोप लगाएका थिए । सभापति पोखरेलले भ्युजका लागि सांसद मोदीले समितिमा बोल्ने गरेको र खिच्नका लागि छुट्टै व्यक्ति ल्याएको समेत आरोप लगाएका थिए ।
यस्तै, सभापतिले हरेक पटकको बैठकलाई अमर्यादित बनाउने काम गरेको भन्दैे आलोचना गरेपछि मोदीले आफूलाई समितिका सभापतिले नभई आफ्नो पार्टीले पठाएको जवाफ दिएका थिए ।
भनाभनको क्रममा पोखरेलले मोदीलाई पटक–पटक युट्युवर ल्याएर स्टन्ड गरेको बताएका थिए ।
यसैबीच सार्वजनिक लेखा समितिले उजुरी छानविन गर्न विभिन्न समयमा गठन गरेका उपसमितिहरूको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । समितिमा परेका उजुरीमध्ये ४८ वटा उजुरीहरू छानबिनका लागि समितिले यसअघि नै उपसमिति बनाएको थियो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4