+
+
Shares

एनआरएनएमा श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई मान्यता दिन दूतावासलाई परराष्ट्रको पत्र

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ८ गते २०:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्र मन्त्रालयले शेष घलेले गराएको महाधिवेशनबाट निर्वाचित महेश श्रेष्ठको कार्यसमितिलाई मान्यता दिन निर्देशन दिएको छ।
  • मन्त्रालयले ३० वैशाखमा पठाएको पत्रमा एनआरएनएको कार्यसमितिलाई वैधानिकता दिने निर्णय भएको जानकारी गराएको छ।
  • सर्वोच्च अदालतले एक वर्षअघि नै उच्चस्तरीय समितिलाई एकता महाधिवेशन गर्न आदेश दिएको थियो।

८ जेठ, काठमाडौं । परराष्ट्र मन्त्रालयले विदेशस्थित नेपाली मिसनहरूलाई पत्र लेख्दै शेष घलेले गराएको महाधिवेशनबाट एनआरएनए अध्यक्षमा निर्वाचित महेश श्रेष्ठको कार्यसमितिलाई मान्यता दिन भनेको छ ।

मन्त्रालयका शाखा अधिकृत सृजना कोइरालाले यसअघि ३० वैशाखमा परराष्ट्रमन्त्री आरजु राणा देउवालाई सम्बोधन गरेर लेखिएको पत्र जानकारीका लागि विदेशस्थित दूतावासमा पठाइएको जानकारी गराएकी छिन् ।

यसअघि पनि गैरआवासीय नेपाली संघका नाममा विभिन्न समूहहरू रहेकोमा परराष्ट्र मन्त्रालयले ११ औं महाधिवेशनबाट चुनिएको बद्री केसी अध्यक्षताको समितिलाई मान्यता दिएको थियो ।

तर, श्रेष्ठ नेतृत्वको समितिलाई परराष्ट्रले वैधानिकता दिएपछि भने दुईवटा बलिया धारका संगठनहरू सृजना भएका हुन् ।

केसी नेतृत्वको एनआरएनएको म्याद आगामी अक्टोबरमा सकिँदै छ ।

सो कार्यसिमितिलाई कामकाज गर्न दिन भन्दै सर्वोच्च अदालतले नै अन्तरिम आदेश दिएको छ । एनआरएनएको कार्यालय र कर्मचारीहरू पनि यही कार्यसमितिले प्रयोग गर्दै आएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले एक वर्षअघि २१ चैत २०८० मा शेष घले नेतृत्वको उच्चस्तरीय समितिलाई ६ महिनाभित्र एकताको महाधिवेशन गर्न आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?