 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई भारतीय नागरिकलाई गाँजा सहित पक्राउ गरिएको छ ।
- थाई एयरलाइन्सको उडानबाट काठमाडौं आएका उनीहरूको साथबाट गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
- प्रहरीले उनीहरूलाई लागु औषधि नियन्त्रण ब्यूरोमा पठाएको छ।
१२ जेठ, काठमाडौं । थाइल्यान्डबाट गाँजा बोकेर आएका दुई भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा ३० वर्षीय मोहम्मद अस्राफ मुहम्मिद र २३ वर्षीय मोहम्मद सफ्भान कक्काटी छन् । उनीहरूलाई विमानस्थलबाट प्रहरीले गाँजासहित नियन्त्रणमा लिएको हो ।
अस्राफको साथबाट ३ किलो ४४० ग्राम र सफ्भानको साथबाट १ किलो ६५० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरू थाई एयरलाइन्सको उडानबाट आइतबार काठमाडौं आएका थिए ।
पक्राउ परेका दुवैलाई गाँजासहित लागु औषध नियन्त्रण ब्यूरोमा पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4