News Summary
Generated by OK AI. Editorially reviewed.- आयुष कुँवर २६औं एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा सहभागी हुने भएका छन् ।।
- नेपालबाट ५ धावकसहितको टोली च्याम्पियनसिपमा सहभागी भएको छ।
१२ जेठ, काठमाडौं । आयुष कुँवरले पनि दक्षिण कोरियाको गुहीमा हुने २६औं एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा भाग लिने भएका छन् । हाल अमेरिकामा बस्दै बएका धावक आयुष उतैबाट कोरिया पुगेका हुन् । आयुषले पुरुष १०० र २०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् ।
आयुषले एसियन च्याम्पियनसिपमा राम्रो प्रदर्शन गर्दै राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य रहेको बताए । यस्तै नेपालबाट यसअघि नै ५ धावकसहितको नेपाली टोली च्याम्पियनसिपमा सहभागी हुन दक्षिण कोरिया गएको छ । आयुषसहित नेपालका ६ खेलाडी सहभागी भएका छन् ।
आयुष र शिवराज पार्कीले पुरुष १०० र २०० मिटरमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै मुकेश पालले पुरुष १५०० र ५ हजार मिटर, सलिम देवानले लङजम्पमा प्रतिस्पर्धा गर्नेछन् ।
महिलातर्फ चन्द्रकला लाम्गाडेले ज्याभ्लिन थ्रो र सटपुट तथा फुलमती रानाले ८०० र १५०० मिटर दौडमा सहभागिता जनाउने छन् । नेपाली टोलीको प्रशिक्षकमा उषाकर्ण चौधरी छिन् ।
मिसन २०२६ अन्तर्गत २०औं एसियन गेम्सको तयारीमा रहेका खेलाडीहरुलाई च्याम्पियनसिपमा सहभागी गराइएको हो । च्याम्पियनसिप मे २७ देखि ३१ सम्म हुनेछ ।
मिसन २०२६ मा नरहेका आयुष र शिवराज पार्कीलाई खेतिपाती अर्गानिक्स, ओभर अन्डर एक्सवाईजेड र शिवम सिमेन्टले प्रायोजन गरेको छ ।
प्रतिक्रिया 4