+
+
Shares

५५ सय कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण : सतर्कता केन्द्र

सम्पत्ति विवरण नबुझाउने कर्मचारीबाट करिब साढे २ करोड रुपैयाँ जरिबाना संकलन हुने देखिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १२ गते १४:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सतर्कता केन्द्रले करिब ५ हजार ५ सय कर्मचारीहरूले सम्पत्ति विवरण नबुझाएको जानकारी दिएको छ।
  • अख्तियारले त्यो संख्या ०.७ प्रतिशत मात्रै रहेको र जरिबाना करीब २ करोड रुपैयाँ हुने बताएको छ।
  • प्रमुख आयुक्त प्रेमकुमार राईले सम्पत्ति विवरण संकलन प्रक्रिया सुधार गर्न निर्देशन दिए।

१२ जेठ, काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले करिब ५ हजार ५ सय जना कर्मचारीहरूले सम्पत्ति विवरण नबुझाएको जनाएको छ ।

केन्द्रले सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेस गरेको प्रतिवेदन अनुसार सार्वजनिक पदमा रहेका ७ लाख ७६ हजार कर्मचारीमध्ये ५ हजार ५ सय जनाले सम्पत्ति विवरण नबुझाएका हुन् ।

अख्तियारले त्यो संख्या शून्य दशमलब ७ प्रतिशत मात्रै रहेको जनाएको छ । भ्रष्टाचार निवरण ऐन अनुसर सम्पत्ति विवरण नबुझाउने कर्मचारीमाथि ५ हजार रुपैयाँ जरिबाना हुन्छ ।

सम्पत्ति विवरण नबुझाउने कर्मचारीबाट करिब साढे २ करोड रुपैयाँ जरिबाना संकलन हुने देखिन्छ ।

प्रतिवेदन बुझ्दै अख्तियार दुरुपयोगद अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सम्पत्ति विवरण संकलन प्रक्रियालाई एकीकृत र व्यवस्थित बनाउन निर्देशन दिए ।

केन्द्रले आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन अख्तियारमा बुझाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?