+

एरिकाले मोरोक्कोमा कराते वान प्रिमियर लिग खेल्ने

२०८२ जेठ  १२ गते १८:२१ २०८२ जेठ १२ गते १८:२१
एरिकाले मोरोक्कोमा कराते वान प्रिमियर लिग खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कराते खेलाडी एरिका गुरुङले मोरोक्कोमा हुने कराते वान प्रिमियर लिगमा प्रतिस्पर्धा गर्नेछिन्।
  • एरिका विश्वका २४ देशका उत्कृष्ट ३१ खेलाडीमा समावेश भएकी हुन् ।

१२ जेठ, काठमाडौं । नेपाली स्टार कराते खेलाडी एरिका गुरुङले मोरोक्कोमा हुने कराते वान प्रिमियर लिग खेल्ने भएकी छिन् । एसियन कराते च्याम्पियनसिप खेल्ने उज्वेकिस्तान गएकी एरिका उतैबाट मोरोक्कोको रावत प्रस्थान गरेको करातेका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।

यसअघि एसियन च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी एरिकाले यस पटक पदक जित्न सकिनन् । यही मे ३० देखि जुन १ सम्म रातवमा हुने कराते वान प्रिमियर लिगमा एरिकाले महिला ६८ केजीमाथि समूहमा प्रतिस्पर्धा गर्नेछिन् ।

विश्वका २४ देशका एरिकासहित उत्कृष्ट ३१ खेलाडीले यस विधामा प्रतिस्पर्धा गर्दैछन् । त्यो सूचीमा एरिका पर्न सफल भएको प्रशिक्षक श्रेष्ठले जनाएका छन् ।

नेपाली करातेमा सफल खेलाडी एरिकाले १९औं एसियन गेम्समा पनि ऐतिहासिक रजत पदक जितेकी थिइन् । उनी पछिल्लो समय नेपाली खेलकुदमै चर्चित खेलाडीको रुपमा छन् ।

एरिकाले कराते वान युथ लिगमा रजत पदक जितेकी थिइन् ।

कराते वान लिग कराते लिग इभेन्टमा विश्वकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिता हो । यसमा विश्वकै शीर्ष कराते खेलाडीहरुले भाग लिनेछन् ।

कराते वान प्रिमियर लिगमा हरेक क्याटेगोरीमा विश्वभरबाट ३२ खेलाडी मात्र सहभागि हुन पाउनेछन् । त्यसमा एरिका नेपालबाट छनोट हुने एक मात्र भाग्यमानी समेत बनेकी छन् ।

एरिका गुरुङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय