
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि बस्ने प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्र र राप्रपा लाई एकसाथ उभिन आह्वान गरेको छ।
- संसदीय दलको बैठकले प्रचण्ड र लिङ्देनको नेतृत्वमा रहेको दललाई पनि रास्वपासँग उभिन आग्रह गरेको हो।
- रास्वपा का कार्यबाहक प्रवक्ता मनीष झाका अनुसार, बैठक अघिपछि भन्दा भोलिको बैठक फरक हुने बताइएको छ।
१२ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि बस्ने प्रतिनिधिसभा बैठकमा एक भएर उभिन नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आह्वान गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले माओवादी र राप्रपालाई पनि सँगै उभिनेगरी अघि बढ्न आह्वान गर्ने निर्णय गरेको हो ।
पार्टीका कार्यबाहक प्रवक्ता समेत रहेका सांसद मनीष झाका अनुसार, प्रचण्ड र लिङ्देनको नेतृत्वमा रहेको संसदीय दललाई रास्वपासँग उभिनका लागि आह्वान गर्ने निर्णय भएको छ ।
‘प्रचण्ड र लिङ्देनको नेतृत्वमा रहेको संसदीय दललाई रास्वपासँग उभिनका लागि आह्वान गर्छौं,’ झाले भने, ‘राप्रपा र माओवादीलाई सँगै उभिन आह्वान गर्छौं ।’
भोलि बस्ने प्रतिनिधिसभा बैठक अघिपछिको भन्दा फरक हुने यसअघि देखि नै रास्वपाले बताउँदै आएको छ ।
प्रतिक्रिया 4