+

अल नासर छाड्ने रोनाल्डोको संकेत

२०८२ जेठ  १३ गते ९:२७ २०८२ जेठ १३ गते ९:२७
अल नासर छाड्ने रोनाल्डोको संकेत

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्रिस्टियानो रोनाल्डोले अल नासर छोड्ने संकेत गरेका छन्।
  • उनले सामाजिक सञ्जालमार्फत \'यो अध्याय सकियो\' भनेर लेख्दै उक्त संकेत गरेका हुन् ।
  • उनले सिजनमा २४ गोल गरे पनि अल नासरले मुख्य प्रतियोगिताहरू जित्न सकेन ।

१३ जेठ, काठमाडौं । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिग क्लब अल नासर छाड्ने संकेत दिएका छन् । साउदी प्रो लिग समाप्त भएको केही घण्टापछि उनले सामाजिक सञ्जालमार्फत उनी क्लब छाड्ने तयारीमा रहेको संकेत गरेको हो ।

‘यो अध्याय सकियो, कथा? अझै लेखिँदैछ। सबैप्रति आभारी छु’ उनले अल नासरको जर्सीमा खिचिएको तस्बिरसहित सामाजिक सञ्जालमा लेखेका थिए ।

४० वर्षीय रोनाल्डोले २०२२ मा म्यानचेस्टर युनाइटेड छाडेपछि अल नासरसँग अनुबन्ध गरेका थिए। उनको सम्झौता यो गर्मीयाममा समाप्त हुँदैछ।

आगामी जुन १ देखि १० सम्म क्लब विश्वकपमा सहभागी हुने ३२ टोलीहरूलाई नयाँ खेलाडी अनुबन्ध गर्न विशेष ट्रान्सफर विन्डो पनि खुल्दै छ।

यस सिजन अल नासरले एएफसी च्याम्पियन्स लिग एलिट फाइनल पुग्न सकेन । अप्रिलमा जापानको कावासाकी फ्रन्टेलसँग सेमिफाइनलमा पराजित भएको थियो।

साउदी लिगमा पनि क्लब तेस्रो स्थानमा रह्यो। यद्यपी रोनाल्डोले सिजनमा २४ गोल गर्दै लिगका सर्वाधिक गोलकर्ता बन्न सफल भए।

पाँचपटक बालोन डि’ओर जितेका रोनाल्डोले करियरको अन्त्य अल नासरमै गर्ने संकेत दिएका थिए तर अब उनको पछिल्लो अभिव्यक्तिले नयाँ गन्तव्यतर्फको संकेत देखिएको छ।

क्रिस्टियानो रोनाल्डो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय