+
+
Shares

अकबरे खुर्सानीको भाउ घट्यो, किलोको कति  ?

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते १०:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी बजार विकास समितिले मंगलबार अकबरे खुर्सानीको भाउ प्रतिकिलो ४६ रुपैयाँले घटाएको जानकारी दिएको हो।
  • आज अकबरे खुर्सानीको थोक मूल्य प्रतिकिलो २८० रुपैयाँ रहेको छ, जुन सोमबारको तुलनामा कम हो।
  • अकबरे खुर्सानी २०८१ को चैतदेखि बजारमा आएको हो र यसको अधिकतम मूल्य ३७७ रुपैयाँसम्म पुगेको थियो।

१३ जेठ, काठमाडौं । बजारमा अकबरे खुर्सानीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले मंगलबार अकबरे खुर्सानीको भाउ घटेको देखाएको हो ।

आज अकबरे खुर्सानीको भाउ थोकमा प्रतिकिलो ४६ रुपैयाँले घटेको छ । सोमबार कालीमाटी बजारमा अकबरे खुर्सानी प्रतिकिलो ३२६ रुपैयाँमा किनबेच भएको थियो ।

आज मंगलबार भने प्रतिकिलो २८० रुपैयाँमा किनबेच भइरहेको छ ।

२०८१ को १५ चैतदेखि बजारमा अकबरे खुर्सानी आउन थालेको थियो । १९ चैतमा अकबरे खुर्सानी प्रतिकिलो अधिकतम २५० र औसत २२६ रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, वैशाख दोस्रो साता अकबरे खुर्सानी ३७७ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?