+
+
Shares

भिजिट भिसा प्रकरणले संसद् प्रभावित (तस्वीरहरु)

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका विपक्षी दलले बैठक सञ्चालनमा अवरोध गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते १२:१६
प्रतिनिधिसभाको सोमबारको बैठकमा विराेध जनाउँदै विपक्षी दल । तस्वीर : आर्यन धिमाल/अनलाइन खबर ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भिजिट भिसाको नाममा करोडौं असुलेर मानव तस्करी गरेको विषयले प्रतिनिधिसभाको बैठक प्रभावित भयो।
  • विपक्षी दलहरूले बैठक सञ्चालनमा अवरोध गरेपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन्।
  • सांसदहरूले निष्पक्ष छानबिनको माग गर्दै गृहमन्त्रीको राजीनामा मागेका छन् ।

१३ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाको नाममा करोडौं असुलेर मानव तस्करी गरिएको विषयले प्रतिनिधिसभाको आजको बैठक प्रभावित भएको छ ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका विपक्षी दलले बैठक सञ्चालनमा अवरोध गरेका छन् ।

विपक्षी सांसदहरूले नारावाजी गर्दै निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

त्यसअघि उनले माओवादी केन्द्रका सांसद वर्षमान पुन र रास्वपाका सांसद शिशिर खनाललाई बोल्न समय दिएका थिए । दुवैले निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानविन समितकिो माग गर्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न गृहमन्त्री रमेश लेखकलाई आग्रह गरे ।

गृहमन्त्रीको राजीनामा नआउँदासम्म बैठक चल्न नसक्ने उनीहरूको भनाइ छ ।

तस्वीरहरू : आर्यन धिमाल/अनलाइन खबर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?