
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे
१३ जेठ, काठमाडौं । भिजिट भिसाका नाममा विदेश जाने युवाबाट भएको असुलीबारे छानबिनको माग गर्दै संसदमा नाराबाजी भएको छ ।
गृहमन्त्री रमेश लेखक र उनको सचिवालय नै यो मामलामा मुछिएको भन्दै छानबिनको मागसहित प्रतिपक्षी दलहरु नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नाराबाजी गरेका हुन् ।
सभामुख देवराज घिमिरेले कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिएपछि उनीहरुले नाराबाजी गरेका हुन् ।
विपक्षीको नाराबाजी पछि सभामुख घिमिरेले कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न रोकेर बैठक स्थगित गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4