+
+
Shares

प्रदेश सभा सदस्य गुरुङलाई पदमुक्त गर्न जनमतले पठायो सभामुखलाई पत्र

गुरुङ पदमुक्त भएपछि लुम्बिनी प्रदेश सभा ८६ सदस्यीय हुने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १४ गते १३:२१
गीता गुरुङ र उनले दिएको राजीनामा पत्र ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संसदीय दलले लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङलाई लगातार १० बैठकमा अनुपस्थित भएकाले पदमुक्त गर्न माग गरेको हो।
  • गुरुङ पछिल्लो समय साढे २ महिनादेखि प्रदेश सभालाई जानकारी नदिई बेलायतमा बस्दै आएकी थिइन् र उनले राजीनामा पत्र सार्वजनिक गरेकी थिइन्।
  • प्रदेश सभाले संविधान र नियमावली अनुसार गुरुङको स्थान रिक्त भएको जानकारी बुधवारको बैठकमा दिने तयारी गरेको छ।

१४ जेठ,बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङलाई पदमुक्त गर्न जनमत पार्टी संसदीय दलले माग गरेको छ ।

संसदीय दलका नेता चन्द्रकेश गुप्ताले मंगलबार सभामुख तुलाराम घर्तीलाई पत्र पठाएर लगातार १० बैठकमा अनुपस्थित भएकाले गुरुङलाई पदमुक्त गर्न माग गरेको हो ।

गुरुङ पछिल्लो समय साढे २ महिनादेखि प्रदेश सभालाई जानकारी नदिई छोराछोरीसँगै बेलायतमा बस्दै आएकी छन् । उनले वैशाख ३० गते हस्तलिखित राजीनामा पत्र संचारमाध्यमहरू मार्फत सार्वजनिक गरेकी थिइन् ।

प्रदेश सभाको छैटौँ अधिवेशनका ११ बैठकमै अनुपस्थित भएपछि प्रदेश सभाले आवश्यक प्रकृया पूरा गरी पद रिक्त भएको जानकारी गराउन लागेको प्रदेश सभा सचिवालयले जनाएको छ  ।

नेपालको संविधानको धारा १८० को खण्ड (घ) अनुसार प्रदेश सभालाई सूचना नदिई लगातार दशवटा बैठकमा अनुपस्थित रहेमा’ प्रदेश सभा सदस्यको स्थान रिक्त हुने उल्लेख छ ।

त्यसकै आधारमा प्रदेश सभा नियमावली २०७९ को नियम १९० को उपनियम १ अनुासर ‘सभाको कुनै सदस्यको स्थान रिक्त भएमा सभामुखले सो कुराको जानकारी सभालाई दिने’ उल्लेख छ । प्रदेश सभा नियमावली अनुसार बुधवारको प्रदेश सभा बैठकमा गुरुङको स्थान रिक्त भएको जानकारी दिन लागिएको हो । लुम्बिनी प्रदेश सभामा ८७ सदस्य छन् ।

लुम्बिनी प्रदेश सभामा गुरुङ सबै भन्दा कम उपस्थित हुने प्रदेश सभा सदस्य हुन् । पाचौं अधिवेशनसम्मका ८३ वटा बैठक मध्ये गुरुङ ३४ वटा बैठकमा मात्र उपस्थित भएकी थिइन् । छैठौं अधिवेशनका १० बैठकमा उनी निरन्तर अनुपस्थित रहेको प्रदेश सभाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?